top of page
Search

बर्दिया जानेको भिड

कोरोनाभाइरसको संक्रमण रोक्न देशभरि लकडाउन गरिएको बुधबार महिना दिन पुगेको छ।

काठमाडौंको बल्खु, कीर्तिपुर, कलंकी मा बर्दिया जाने को भिड लागेको छ। यसै क्रममा बिहिबार पनि भीडभाड भएको छ। यस अघि बुधबार पनि एउटा बस मात्र गएको थियो जसमा बसका यात्रु हरुका अनुसार चर्को भाडा दर असुलेको भन्ने छ।

लकडाउन लम्बिएसँगै काठमाडौं उपत्यका छोडेर जानेहरू पनि बढेका छन्। पहिला-पहिला ज्यालादारी मजदूरहरूमात्र लकडाउनका बेला हिँडेर घर जाने गरेका थिए। मंगलबारदेखि भने उपत्यकाका विभिन्न जिल्लामा डेरामा बस्नेहरू पनि बालबच्चा बोकेर घर जान थालेका छन्।



थारुहट थारुवान रास्ट्रिय मोर्चाका केन्द्रीय परबक्ता मिनराज चौधरी का अनुसार बर्दिया किस्नसार यातायात ब्यबस्थापन समिति र गेरुवागाउंपालिका र काठमाडौंमा रहेको बर्दियाली थारु विकास मन्च, बर्दियामै रहेको अल्पाईन यकड़मिक को समन्वयमा जो अलपत्र परेका छन् जो घर जान जानचाहन्छन जसलाई दैनिकी गुजारा गर्न गारो भैईरहेको छ तेस्ता ब्यक्तिहरु को लागि यो पहल चालेको उहाँले बताउनु भयको छ ।

उहाँका अनुसार अहिले ७ वटा बसको ब्यबस्था गरियको र कुनै पनि गाउंपालिका होस् या कुनैपनि संघ सस्थांले आर्थिक सयोग नगरेको र पर्त्यक व्यक्ति बाट रु : १५०० का दरले भाडा निर्धारण गरेको जानकारी दिनुभयो ।

लकडाउनका बेला सरकारले जो जहाँ छ त्यहीँ बस्ने भने पनि मानिसहरू उपत्यका छाडेर आ-आफ्नो घरतर्फ जान लागेका हुन्।

थारुहट थारुवान रास्ट्रिय मोर्चाका केन्द्रीय परबक्ता मिनराज चौधरी


प्रकाशित मिति: बिहिबार, वैशाख ११, २०७७


 
 
 

Recent Posts

See All

Comments


CALL US

Tel: +9779840889694 | 

EMAIL US

OPENING HOURS

ALL TIME

  • facebook page

OUR SERVICES

- political news

- nepal biography 

- filmy news 

- entertainment 

- music

- ghardailo program

VISIT US

bardiya, nepal

geruwagawupalika municipality 

© 2023 by Dr. Repair. Proudly created with Wix.com

bottom of page