top of page
Search

अमेरिकाले रोक्यो विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग


ree

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दिदैं आएको सहयोग रोक्न निर्देशन दिएको बताएका छन्।

ट्रम्पले कोरोना महामारी रोकथाम र व्यवस्थापनमा डब्लुएचओ आफ्नो 'आधारभूत कर्तव्य' पूरा गर्न चुकेको आरोप लगाएका छन्।

उनले डब्लुएचओलाई चीनमा फैलिएको कोरोना भाइरस संक्रमणको ढाकछेप गरेको र राम्रो प्रबन्ध गर्न नसकेको आरोप लगाएका छन्।

उनले यसका लागि डब्लुएचओलाई जवाफदेही बनाउनुपर्ने बताएका छन्।



डब्लुएचओको काम र कर्तव्यमा प्रश्न उठाइरहेका ट्रम्पलाई देशभित्रै कोरोना संक्रमणको रोकथाममा गम्भीर नरहेको आरोप लाग्दै आएको छ।

'मैले मेरो प्रशासनलाई आर्थिक सहायता रोक्ने निर्देशन दिएको छु। विश्व स्वास्थ्य संगठनले गरेको कोरोना भाइरस संक्रमणको ढाकछेप र  नराम्रो व्यवस्थापनको समीक्षा गरिनेछ', ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने।

'डब्लुएचओ आफ्नो आधारभूत जिम्मेवारी बहन गर्न असफल भएकि छ र यसका लागि उसलाई जवाफदेही बनाउनुपर्छ', उनले थपे।

अमेरिकाको डब्लुएचओको सबैभन्दा ठूलो आर्थिक दाता हो। गत वर्ष अमेरिकाले उसलाई ४ सय मिलियन अमेरिकी डलर सहायता दिएको थियो। यो रकम डब्लुएचओको कुल बजेटको १५ प्रतिशत हो।

'कोभीन-१९ को महामारीले अमेरिकाको उदारताको उत्तम प्रयोग भए-नभएको गहिरो ध्यान गएको छ', ट्रम्पले भने।

हाल अमेरिका विश्वमा कोरोना भाइरसको संक्रमणबाट सर्वाधिक प्रभावित देश हो। त्यहाँ हालसम्म कोरोनाका कारण २५ हजार बढीको मृत्यु भइसकेको छ भने झण्डै ६ लाख जना संक्रमित भइसकेका छन्।

 
 
 

Recent Posts

See All

Comments


CALL US

Tel: +9779840889694 | 

EMAIL US

OPENING HOURS

ALL TIME

  • facebook page

OUR SERVICES

- political news

- nepal biography 

- filmy news 

- entertainment 

- music

- ghardailo program

VISIT US

bardiya, nepal

geruwagawupalika municipality 

© 2023 by Dr. Repair. Proudly created with Wix.com

bottom of page